नेपालमा सक्रिय संक्रमित ५ हजारभन्दा कम, आज थप ६५ मा कोरोना पुष्टी


काठमाडौं – नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार भन्दा कम पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घन्टामा १९२ जना कोरोनामुक्त भएसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ४ हजार ९१७ जना पुगेको हो ।

त्यस्तै नेपालमा थप ६५ जनामा कोरोना पुष्टी भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर ७९४७ जनाको नमूना परिक्षण गरिएकोमा उक्त संख्यामा कोरोना पोजेटिभ देखिएको हो ।

मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर १९२ कोरोनामुक्त भई अस्पतालबाट डिस्चार्ज भएका छन् ।  त्यस्तै देशभर थप ८८ हजार ४८८ जनाले कोरोनाविरुद्धको खोप लगाएको पनि मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार गत २४ घन्टामा कोरोनाका कारण कसैको पनि मृत्यु भएको छ ।

प्रतिक्रिया