

नेपालमा थप ६३९ जना कोरोना संक्रमित, १६०० जना संक्रमणमुक्त

काठमाडौं – नेपालमा गत २४ घन्टामा ६३९ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घन्टामा नेपालमा ९ हजार ७५६ जनाको नमूना परिक्षण गरिएकोमा उक्त संख्यामा कोरोना पोजेटिभ देखिएको हो ।
मन्त्रालयका अनुसार गत २४ घन्टामा १६०० जना संक्रमण मुक्त भएका छन् भने ३ जनाको मृत्यु भएको छ ।
अहिलेको अवस्थामा नेपालमा १८ हजार २५१ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

