ए डिभिजन लिग : गोलका मौका चुकाउँदै दुवै खेल बराबरीमा सकिए


काठमाडाैं – शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज मङ्गलवार भएका दुवै खेल बराबरीमा सकिएका छन् । दशरथ रङ्गशालामा भएको खेलमा बिग्रेड ब्वाइज र च्यासल युथ क्लबले गोलरहित बराबरी खेले ।

दुवै टोलीले गोलका राम्रा मौका पाए पनि सदुपयोग गर्न सकेनन् । आजकाे बराबरीसँगै ब्रिगेड ब्वाइजको ११ खेलमा सात अङ्क भएको छ भने च्यासलको ६ अङ्क छ । दुवै रेलिगेशन जोनमा छन् ।

आज भएको अर्को खेलमा जावलाखेल र फ्रेन्ड्स क्लबको खेल पनि रोमाञ्चक बराबरीमा सकिएको छ । जावलाखेलसँग फ्रेन्ड्सले तीन-शून्य को अग्रता पनि उल्टाउन सफल भयो । पहिलो हाफमा जावलाखेल तीन-एकले अघि थियो । जावलाखेलका लोइक एन्जिमीले दुई र रूपबहादुर लामाले एक गोल गरे ।

तर फ्रेन्ड्सका जमउल एन्थोली र ग्रासियाले एक गोल गर्दै खेल बराबरीमा ल्याए । याे बराबरीसँगै जावलाखेल ११ खेलमा १० अङ्कसहित ११ औँ स्थानमा छ भने फ्रेन्ड्स ११ खेलमा सात अङ्कसहित १२ औँ स्थानमा छ ।

 

प्रतिक्रिया