वर्षाले खेल प्रभावित हुँदा क्वाटरफाइनलबाटै बाहिरियो नेपाल, श्रीलंका सेमिफाइनलमा


काठमाडौं – जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो क्वार्टफाइनल वर्षाका कारण रद्द भएको छ ।

बिहान ५:४५ देखि हुने तय भएको खेल लगातारको वर्षाका कारण टससमेत हुन नपाइ रद्द भएको हो । यससँगै वरीयताका आधारमा श्रीलंकाले सेमिफाइनलमा स्थान पक्का गरेको छ ।

नेपाल भने यसपटक पनि क्वार्टरफाइनलमै रोकिएको छ । नेपाल चौथोपटक क्वार्टरफाइनलबाट बाहिरिएको हो ।

यसअघि नेपाल सन् २०१०, २०१४ र २०२२ को एसियाली खेलकुदमा पनि क्वार्टरफाइनलबाट अगाडि बढ्न सकेको थिएन ।

नेपालले समूह चरणमा अफगानिस्तानलाई हराउँदा वर्षाका कारण खेल बिनानतिजा टुंगिएपछि जापानसँग अंक बाँडेको थियो ।

 

प्रतिक्रिया