युरेनियम जस्तो पदार्थसहित हायात होटलको पार्किङबाट ८ पक्राउ


काठमाडौं – नेपाल प्रहरीको विशेष ब्यूरोले काठमाडौंको हायात होटलको पार्किङबाट युरेनियमजस्तो देखिने पदार्थसहित आठ जना पक्राउ गरेको छ ।

विशेष सूचनाका आधारमा हायात होटल पुगेको प्रहरीको विशेष टोली र महानगरीय प्रहरी वृत्त बौद्धको प्रहरीले सोमबार साँझ साढे पाँच बजे हायात होटलको पार्किङबाट नेपाली र भारतीयहरूलाई पक्राउ गरेको हो।

उनीहरूको साथबाट दुई किलो ८ सय ग्राम युरेनियमजस्तो देखिने पदार्थ बरामद भएको प्रहरी स्रोतले बताएको छ।

पक्राउ परेका आठै जनालाई प्रहरीले काठमाडौं जिल्ला अदालत लगेको जनाइएको छ। उक्त बरामद बस्तु पहिचानका लागि ल्याबमा लगिएको पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया