
देशभर थप ५५८३ मा कोरोना पुष्टी, थप ९ को मृत्यु
काठमाडौं – नेपालमा पछिल्लो २४ घन्टामा ५५८३ नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभरका १७ हजार ६७४ नमूना परिक्षण गरिएकोमा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।
मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर ८२६७ जना कोरोनामुक्त भएका छन् । यससँगै हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या ८ लाख ७१ हजार १६५ पुगेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै गत २४ घन्टामा देशभर ९ जना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म नेपालमा ११ हजार ७५२ जना संक्रमितले ज्यान गुमाएका छन् ।

त्यस्तै गत २४ घन्टामा नेपालमा ३ लाख ९९ हजार जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
त्यस्तै अहिलेको अवस्थामा नेपालमा ७४ हजार ६५३ जना सक्रिय कोरोना संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ ।



कागजपत्र |
