
६३५९ कोरोनामुक्त हुँदा थप ३५४० जनामा संक्रमण पुष्टी
काठमाडौं – नेपालमा गत २४ घन्टामा ३५४० जनामा कोरोना पुष्टी भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभर १३१४५ गरिएको परिक्षणमा उक्त संख्यामा कोरोना पुष्टी भएको हो ।
मन्त्रालयका अनुसार गत २४ घन्टामा ६३५९ जना कोरोनामुक्त भएका छन् ।
त्यस्तै मन्त्रालयका अनुसार गत ४ दिनमा ३२ जना संक्रमितले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार वीरेन्द्र अस्पतालले ढिलो गरी १२ जनाको मृयु भएको रिपोर्ट दिएको छ भने बाँकी २० जना गत चार दिनदेखिएको भएको बताइएको छ ।
नेपालमा अहिले सक्रिय संक्रमित संख्या ८३ हजार ९९९ पुगेको पनि मन्त्रालयले जनाएको छ ।



कागजपत्र |
