

देशभर थप ८०१७ जनामा कोरोना पुष्टी, १५ को मृत्यु

काठमाडौं – नेपालमा गत २४ घन्टामा थव ८०१७ जनामा कोरोना पुष्टी भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार २१ हजार ८०८ जनाको परिक्षण गरिएकोमा उक्त संख्यामा कोरोना पुष्टी भएको हो ।
त्यस्तै गत २४ घन्टामा ५२९२ जना कोरोनामुक्त भएको र १५ जनाको कोरोनाकै कारण मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर ५ लाख ५४ हजा ५६६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
अहिले नेपालमा सक्रिय संक्रमितको संख्या ९० हजार ५७६ पुगेको पनि मन्त्रालयले जनाएको छ ।

