राष्ट्रियसभा निर्वाचन : गण्डकीमा सत्तारुढ गठबन्धनका तीनै उम्मेदवार विजयी


पाेखरा – राष्ट्रियसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशबाट सत्तारुढ गठबन्धनका तीनै जना उम्मेदवार विजयी भएका छन् । महिलातर्फ नेपाली कांग्रेसकी कमला पन्त, अन्यमा माओवादी केन्द्रका सुरेश आलेमगर र दलिततर्फ माओवादीकै भुवन सुनार विजयी भएका हुन् ।

कांग्रेस महाधिवेशनमा सहमहामन्त्रीमा पराजित पन्त राष्ट्रियसभा निर्वाचनमा विजयी भइन् । उनले ३ हजार ४८ मतभार प्राप्त गर्दा एमालेका लीला थनेतले २ हजार ७२७ मत पाइन् ।

सुरेश आलेले ३ हजार ९६ मत ल्याउँदा प्रतिस्पर्धी एमालेका पुण्यप्रसाद पौडेलले २ हजार ६९४ मत पाए । माओवादीकै भुवन सुनारले ३ हजार ४८ मत ल्याउँदा एमालेका अर्जुनकुमार सुनामले २ हजार ७२४ मत पाएका छन् ।

प्रतिक्रिया