उपत्यकामा मात्रै देखिए ५५४९ कोरोना संक्रमित


काठमाडौं – पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ५ हजार ५४९ जनामा कोरोना पुष्टी भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घन्टामा गरिएको परिक्षणमा देशभर १०२५८ जनामा कोरोना पुष्टी भएकोमा आधाभन्दा धेरै काठमाडौं उपत्यकामा संक्रमित देखिएका हुन् ।

मन्त्रालयका अनुसार काठमाडौंमा ४ हजार ४ जना, ललितपुरमा ९७५ र भक्तपुरमा ५७० गरी उपत्यकामा ५५४९ जना कोरोना संक्रमित देखिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घन्टामा २२ हजार ८२८ नमुना परिक्षण गरिएको थियो । ती मध्ये करिब आधाजतिलाई कोरोना देखिएको छ ।

मन्त्रालयका अनुसार गत २४ घन्टामा ५६२  जना कोरोनामुक्त भएका छन् भने १ जनाले ज्यान गुमाएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालको अवस्थामा ३९ हजार ४४ सक्रिय संक्रमित रहेका छन् ।

 

प्रतिक्रिया