कोरोना ब्लास्टः एकैदिन १०२५८ मा कोरोना पुष्टी


काठमाडौं – नेपालमा एकैदिन १० हजार भन्दा बढीमा कोरोना संक्रमित देखिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घन्टामा २२ हजार ८२८ नमुना परिक्षण गरिएकोमा १० हजार २५८ जनामा कोरोना पुष्टी भएको छ ।

No photo description available.

मन्त्रालयका अनुसार गत २४ घन्टामा ५६२  जना कोरोनामुक्त भएका छन् भने १ जनाले ज्यान गुमाएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालको अवस्थामा ३९ हजार ४४ सक्रिय संक्रमित रहेका छन् ।

 

प्रतिक्रिया