गृहमन्त्री खाँण र आईजी क्षेत्री बालुवाटारमा, एआईजी दरबन्दी आजै थपिने !


काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न गृहमन्त्री बालकृष्ण खाँण बालुवाटार पुगेका छन् । नियमितरुपमा सोमबार बस्ने मन्त्रीपरिषद्को बैठकमा सहभागी हुनका लागि गृहमन्त्री खाँण बालुवाटार पुगेको स्रोतले जनाएको छ ।

गृहमन्त्री खाँणसँगै प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री पनि बालुवाटार पुगेका छन् । उनीहरु दुवैजना बालुवाटार गएबाट मन्त्रीपरिषद् बैठक अघि संयुक्त रुपमा प्रधानमन्त्री देउवासँग भेट गर्ने कार्यक्रम रहेको स्रोतले जनायो ।

गृहमन्त्री र आईजीले एकैपटक प्रधानमन्त्रीलाई भेट्नुले आज बस्ने मन्त्रीपरिषद् बैठकबाट अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) को दरबन्दी थप बारे केही निर्णय आउने अपेक्षा गरिएको छ ।

प्रहरी प्रधान कार्यालयले तीन जना एआईजी थप गर्ने विषयमा गृहमन्त्रालयमा पत्र पठाइसकेको छ भने गृह र अर्थ मन्त्रालय त्यसका बारेमा सकारात्मक रहेको स्रोतको दाबी छ । अन्य कुरा सामान्य रहेमा आज बस्ने मन्त्रीपरिष्द बैठकबाट ३ जना एआईजीको दरबन्दी थपिने स्रोतले जनाएको छ ।

प्रतिक्रिया