
देशभर थप ५४० मा कोरोना पुष्टी, २७१ जना कोरोनामुक्त
काठमाडाैं – पछिल्लो २४ घण्टामा ५४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ९९ जनाको परीक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै देशभर सक्रिय संक्रमितको संख्यापाँच हजार ४३१ रहेको छ । पछिल्लो २४ घण्टामा जना २७१ डिस्चार्ज भएका छन् भने १ जना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा १ लाख २० हजार ६५३ जनाले कोरोनाविरूद्धको खोप लगाएका छन् ।



कागजपत्र |
