
नयाँबसपार्कको गेष्टहाउसमा लगेर बलात्कार गर्ने ७ पक्राउ, २ जना फरार
काठमाडौं – एक महिलालाई राजधानीको नयाँबसपार्कस्थित एक गेष्टहाउसमा लगेर बलात्कार गरेको आरोपमा ७ जना पक्राउ परेका छन् । नयाँबसपार्कको मित्रनगरस्थित एक गेष्टहाउसमा लगेर आफूलाई ९/१० जना पुरुषले बलात्कार गरेको भनी पीडितले प्रहरी वृत्त महाराजगञ्जमा निवेदन दिएपछि घटनामा संलग्नहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
३४ वर्षीय पीडित महिलाले आफूलाई अभियुक्तहरुले गेष्टहाउसमा लगेर राती ८ बजेदेखि बिहान १० बजेसम्म ९÷१० जनाले पटकपटक जबजस्ती गरेको निवेदनमा उल्लेख गरेकी छिन् ।
सोही आधारमा प्रहरीले खोजतलास गर्ने क्रममा जि.मुगु छायानाथ रारा न.पा.१० घर बताउने वर्ष २३ को हिकमत नेपाली समेत ७ जनालाई विभिन्न स्थानबाट नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जनाएको छ ।
घटनामा संलग्न अझै २ जना फेला नपरेको पनि प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा नेपाली, सोही ठाउँका बर्ष २२ को रतन नेपाली, मुगु जिल्ला छायानाथ न.पा ०६ घर बताउने बर्ष २१ को सुरेस सेज्वाल, छायानाथ-११ घर बताउने बर्ष १९ को दिपक नेपाली, छायानाथ न.पा १० घर बताउने बर्ष २३ को शिबहरी बुढा, मुगु छायानाथ न.पा १० घर बताउने बर्ष २४ को युवराज बडुवाल, अर्घाखाँचि जिल्ला सितगंगा न.पा १२ घर बताउने बर्ष ४३ को गोपाल कुमार शिरीस रहेका छन् ।
त्यस्तै प्रहरीले मुगु जिल्ला रारा न.पा १० बस्ने बर्ष अं.२५/२६ को हस्त नेपाली र मुगु जिल्ला रारा न.पा ११ बस्ने बर्ष अं. २४ को चन्द्र साउद फरार रहेको जनाएको छ ।



कागजपत्र |
