बालिकालाई बलात्कार गरेको आरोपमा युवक पक्राउ


पाल्पा – पाल्पामा बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। रिब्दीकोट गाउँपालिका–६ ठिमुरेका हरि भनिने २५ वर्षीय हर्कबहादुर विकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए।

तिनाउ गाउँपालिकाकी एक बालिकालाई उनले गत असार १५ मा बलात्कार गरेको आरोप छ। मदिराले पिएका हरिले बालिकालाई बलात्कार गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको त्वातीले बताए।

ती बालिका आफन्तको घरमा बस्दै आएकी थिइन्। केही दिनअघि ती बालिकालाई पेट दुखेपछि स्वास्थ्य संस्थामा पुगेर परीक्षण गर्दा गर्भवती भएको पाइएको हो। त्यसपछि घटनाबारे थाहा भएको त्वातीले बताए।

आफन्तको डरले ती बालिकाले आफूमाथि बलात्कार घटना लुकाएकी थिइन्। पेट दुखेपछि आफन्तसँगै उनी उपचार गर्न स्वास्थ्य संस्थामा पुगिन्। त्यही क्रममा उनीमाथि भएको बलत्कार भएको घटना बाहिरिएको त्वातीले बताए।

डाक्टरको सल्लाहअनुसार नै बालिकाका आफन्त प्रहरीमा उजुरी दिन पुगेका थिए। बिहिबार सूचना प्राप्त हुनसाथ पीडकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जबरजस्ती करणी मुद्दा दर्ता गरेर घटनाबारे थप अनुसन्धान भइरहेका प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया