बालिका बलात्कार प्रकरण : उच्च अदालतले उल्ट्यायो जिल्लाको आदेश, धरौटीमा छुटे आरोपी


काठमाडाैं – सुनसरीमा ८ वर्षीया बालिका बलात्कारको आरोपमा पक्राउ परेका विश्वमणि आचार्यलाई उच्च अदालतले २ लाख धरौटीमा छाडेको छ ।

सुनसरी रामधुनी नगरपालिका-३ का २२ वर्षीय आचार्य बालिका बलात्कारको आरोपमा २१ फागनुमा पक्राउ परेका थिए ।

तर, बिहीबार उच्च अदालत विराटनगरका न्यायाधीशद्वय कृष्ण कमल अधिकारी र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले आचार्यलाई धरौटीमा छोड्न आदेश दिएको हो ।

जिल्ला अदालत सुनसरीले गत १७ चैतमा आरोपित आचार्यलाई पुर्पक्षमा पठाउन आदेश दिएको थियो ।

तर, बिहीबार उच्च अदालत विराटनगरले भने जिल्ला अदालतकाे आदेश उल्ट्याउँदै आचार्यलाई २ लाख धरौटीमा छोडेको हो ।

प्रतिक्रिया