बलात्कारमा परेकी १६ वर्षीया किशोरीको पेटमा ८ महिनाको गर्भ, बलात्कारी युवक फरार


काठमाडाैँ- बैतडीको मेलौनीकी १६ वर्षीया एक किशोरी को पेटमा ८ महिनाको गर्भ रहेको पाइएपछि उनी बलात्कारमा परेको खुलेको छ। दशरथचन्दस्थित जिल्ला अस्पतालमा गरिएको परीक्षणमा १६ वर्षीया किशोरी पेटमा ८ महिनाको गर्भ रहेको पुष्टि भएको हो।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार किशोरीका अभिभावकले ३ महिना अगाडि उनी बलात्कृत भएको भन्दै जेठ १४ गते प्रहरीमा उजुरी दिएका दिए। तर, परीक्षणको क्रममा उनको पेटमा ८ महिनाको शिशु रहेको खुलेको हो।

किशोरीमाथि गत फागुनमा स्थानीय २२ वर्षीय अशोक बहादुर चन्दले जबरजस्ती करणी गरेको भन्दै पाँच दिनअघि मात्रै अभिभावकले प्रहरीमा उजुरी गरेका हुन्।

तर, परीक्षणको क्रममा ८ महिनाको गर्भ रहेको खुलेपछि अशोकले आफूलाई गएको कात्तिकमै बलात्कार गरेको जानकारी किशोरीले गराएकी छन्। त्यसपछि पनि आफूलाई डर त्रासमा पारेर अशोकले पटकपटक करणी गर्दै आएको किशोरीको भनाइ छ।

उसले जबरजस्ती गरेपनि कसैलाई भने ज्यान मार्ने धम्की दिएको कारण आफूले कसैलाई नभनी सहँदै आएको किशोरीले बताएकी छन्।

किशोरी गर्भवती भएको खुलेपछि आरोपी अशोक बहादुर चन्द फरार भएका छन्। उनको खोजी र घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया