श्रीमती पुगेपछि मात्र एसएसपी यादवको शव उठाइने


काठमाडौं – आफ्नै सरकारी निवासमा झुण्डिएको अवस्थामा मृत फेला परेका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) सुशील कुमार यादवको शव उनकी श्रीमती पुगेपछि मात्र उठाइने भएको छ।

एसएसपी यादवको श्रीमती रुपम कुमारी यादव काठमाडौंबाट दिउँसो ३ बजे भैरहवा पुग्ने भनिएको छ भने उनका बुवाआमा घटनास्थल पुगिसकेको प्रहरीले जनाएको छ।

संघीय प्रहरी इकाइ कार्यालय रुपन्देही, भैरहवाका प्रमुख समेत रहेका एसएसपी यादवले शुक्रबार दिउँसो आफ्नै सरकारी निवासमा झुण्डिएर आत्महत्या गरेका हुन्।

पश्चिम नवलपरासी रामग्रामका एसएसपी यादवले प्रहरीमा रहँदा पृथक पहिचान बनाएका थिए। उनी आफू मातहतका प्रहरीलाई व्यायाममा ध्यान दिन भन्थे। आफू पनि नियमित व्यायाम गर्थे।

प्रतिक्रिया