यी हुन् देउवा प्यानलका आधिकारिक उम्मेदवारहरु (सूचीसहित)

वर्तमान महामन्त्री शशांकदेखि पत्नी आरजु र गणेश लामासम्म देउवा प्यानलमा


काठमाडौं – नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा नयाँ नेतृत्वका लागि केही बेरमा मतदान सुरु हुँदैछ । यसकै पूर्वसन्ध्यामा वर्तमान सभापति शेरबहादुर देउवाले आफ्नो प्यानलमा परेका नामहरु सार्वजनिक गरेका छन् ।

देउवाको प्यानलमा २ उपसभापति, २ महामन्त्री र ८ सहमहामन्त्रीहरुको नाम सार्वजनिक भएको छ । उपसभापतिमा पूर्णबहादुर खड्का र विजयकुमार गच्छदार रहेका छन् भने महामन्त्रीमा डा. प्रकाशशरण महत र प्रदीप पाैडेल रहेका छन् ।

त्यस्तै सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय, मानबहादुर विश्वकर्मा, भिष्मराज अङ्देम्बे, किशाेरसिंह राठाैर, महेन्द्र यादव, फरमुल्लाह मन्सुर, उमाकान्त चाैधरी र जीवनबहादुर शाही रहेका छन् ।

त्यस्तै खुल्ला केन्द्रीय सदस्यमा वर्तमान उपसभापति गोपालमान श्रेष्ठ, महामन्त्री शशांक कोइरालादेखि लिएर गणेश लामासम्म गरी ३५ जना रहेका छन् ।

केन्द्रीय सदस्य महिला खुल्लामा देउवापत्नी आरजु राणादेखि देउवा निकट मानिएकी डिला संग्रौलासम्म ९ जना रहेका छन् ।

प्रतिक्रिया