काँग्रेस सप्तरीको सभापतिमा रामदेव साह विजयी


सप्तरी – नेपाली काँग्रेस सप्तरीको सभापतिमा डा. शेखर कोइराला पक्षका उम्मेदवार रामदेव साह विजय भएका छन् । संस्थापन पक्षका उम्मेदवार शत्रुधन यादवलाई १ सय १६ मतले पराजित गर्दै ११ सय ८६ मत प्राप्त गरी उनी विजयी भएका हुन् ।

यादवले १ हजार ७० मत प्राप्त गरेका छन्। मंगलबार सम्पन्न मतदानको मत गणना बिहीवार बिहानदेखि शुरू भएको थियो काँग्रेस सप्तरीमा कुल २ हजार ५३५ मतदाता छन् । जसमध्ये २ हजार ३४२ जनाले मतदान गरेका थिए ।

सभापति सहित ८५ पदका लागि मतदान भएको छ। उपसभापति सहित अन्य पदको मतदान अब शुरू हुने मतदान अधिकृत डा. रुद्र शर्माले जनाएका छन ।

प्रतिक्रिया