
शेखर सभापति, गगन महामन्त्रीको उम्मेदवार
काठमाडौं – प्रकाशमान सिंहले कुनै हालतमा सभापति नछाड्ने भएपछि संस्थापनइतर समूह विभाजित भएको छ। अब संस्थापनइतर समूहबाट डा. शेखर कोइराला र सिंह उम्मेदवार बन्ने भएका छन्।
नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा संस्थापनइतर समूहबाट साझा उम्मेदवार तय हुन नसकेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल चुनावी प्रतिस्पर्धाबाट बाहिरिएसँगै कोइराला र सिंह उम्मेद्वार बन्ने भएका हुन्।
यद्यपि रामचन्द्र पौडेल र शशांक कोइरालाको समर्थन कसले पाउने भन्ने खुलेको छैन। तर सिंहका कारण संस्थापनइतर समूहले साझा उम्मेदवार दिन नसकेको भन्दै शेखरलाई समर्थन गर्नसक्ने अनुमान गरिएको छ।
त्यस्तै शेखर कोइरालाको टिमबाट गगन थापा महामन्त्री उम्मेदवार बन्ने भएका छन्। त्यस्तै अर्को महामन्त्रीमा संस्थापन पक्षका विश्वप्रकाश शर्मासँग कुरा भइरहेको बताइएको छ।
यस्तै सिंहको टिमबाट सुजाता कोइराला उपसभापति लड्ने भएकी छन्।



कागजपत्र |
