देशभर थप २०५ जनामा संक्रमण पुष्टी, ४३६ जनाले जिते कोरोना


काठमाडौं – देशभर थप २०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  आइतबार २०५ जना संक्रमित थपिएका हुन्। पछिल्लो २४ घण्टामा १० हजार ७४७ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।

स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घन्टामा ४३६ जना निको समेत भएको मन्त्रालयले जनाएको छ । यसको संक्रमणबाट १ को मृत्यु भएको छ।

नेपालमा हाल ६ हजार ५०७ जना सक्रिय संक्रमित छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६३, ललितपुरमा ३४ र भक्तपुरमा ६ संक्रमित गरी उपत्यकामा १०३ जनामा कोरोना पुष्टी भएको छ ।

प्रतिक्रिया