अध्यक्षमा निर्वाचित नभए पार्टीको कुनै पनि कमिटीमा बस्दिनः भीम रावल


काठमाडौं – नेकपा एमालेका निवर्तमान उपाध्यक्ष भीम रावलले अध्यक्षमा निर्वाचित नभए पार्टीको कुनै पनि कमिटीमा नबस्ने घोषणा गरेका छन्।

दशौं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिएका रावलले आफू त्यो पदमा विजयी नभए स्वतः पार्टी कमिटी बाहिर हुने बताएका हुन्।

मंगलबार चितवनको सौराहामा नेतृत्व चयनका लागि भएको निर्वाचन सकिएलगत्तै उनले सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा आफूले केन्द्रीय कमिटीको सदस्यको लागि उम्मेदवारी नदिएको दोहोर्‍याउँदै त्यसमा सपथ लिन नसक्ने पनि स्पष्ट पारे।

रावलले निवर्तमान अध्यक्ष ओलीसँग अध्यक्ष पदमा उम्मेदवारी दिएका हुन्। रावलले ४२ मत पाउँदा ओलीले ४०० मत पाएका छन्।

प्रतिक्रिया