भीम रावलको चेतावनीः सर्वसम्मत नेतृत्व चयन गरे महाधिवेशन बहिस्कार!


काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष भीम रावलले विधि र पद्धति मिचेर सर्वसम्मत नेतृत्व चयन गरे आफूले महाधिवेशन बहिस्कार गर्ने चेतावनी दिएका छन्।

अध्यक्षको उम्मेदवारी घोषणाबाट पछि नहट्ने अडान राख्दै रावलले सर्वसम्मत गर्ने अडान पार्टी अध्यक्ष केपी शर्मा ओलीले नछाडे महाधिवेशन बहिस्कार गर्ने चेतावनी दिएका हुन्।

बिहान सात बजे होटेल सफारी पार्क रिसोर्ट छिरेका अध्यक्ष ओली सर्वसम्मतको अडान राख्दै अहिलेसम्म नेताहरूसँग छलफल गरिरहेका छन्।

यता रावलले पनि सर्वसहमतिका नाममा जे पनि हुनसक्ने भन्दै बन्दसत्र स्थल नछोड्ने बताएका छन्। उनी दिउँसो दुई बजेबाट बन्दसत्र स्थलमै रहेका छन्।

प्रतिक्रिया