दिनभर बैठक नगरी साँझ बोलाउनु धाँधलीको संकेतः भीम रावल


काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष भीम रावलले दिनभर बैठक नगरी साँझ बैठक बोलाउनु धाँधलीको संकेत भएको जिकिर गरेका छन्।

प्रतिनिधिहरूलाई अलपत्र पारेकोमा आपत्ति जनाउँदै रावलले संस्थागत छलफल नगरी राति बैठक बोलाउनु अलोकतान्त्रिक कार्य मात्र नभएर धाँधलीको संकेत भएको बताएका हुन्।

सामाजिक सञ्जालमा उनले लेखेका छन् – ‘दिनभरि बैठक नगरेर प्रतिनिधिहरूलाई अलपत्र बनाउने र संस्थागत छलफल नगरी राती ७ बजे बैठक हुने सूचना जारी गर्नु अलोकतान्त्रिक कार्य मात्र होइन धाँधलीको सङ्केत पनि हो। यसले जनताको बहुदलीय जनवाद अन्तर्गत प्रतिस्पर्धाको राजनीतिमाथि आघात पुग्छ।’

प्रतिक्रिया