देशभर थप ४१६ जनामा कोरोना पुष्टी, २७० जना डिस्चार्ज


काठमाडौं – नेपालमा पछिल्लो २४ घन्टामा ४ सय १६ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएका १२ हजार ४ सय २ नमूनामा उक्त संख्यामा कोरोना पुष्टी भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा २७० जना कोरोनामुक्त भएका छन् । यससँगै हालसम्म नेपालमा कोरोनाबाट मुक्त हुनेको संख्या ७ लाख ९८ हजार ५४४ पुगेको छ

त्यस्तै गत २४ घन्टामा नेपालमा १ जनाको मृत्यु भएको छ । यससँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ४७८ जना को मृत्यु भएको छ ।

प्रतिक्रिया