‘प्रधानन्यायाधीश राणालाई सर्वोच्चको गेटमै रोक्ने’


काठमाडौं – नेपाल बार एसोसिएसनले आज प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरालाई गेटमै रोक्न धर्ना दिने भएको छ।

बार महासचिव लीलामणि पौडेलका अनुसार शुक्रबार १० बजे सर्वोच्च अदालतको मुख्य गेटबाट प्रधानन्यायाधीश राणालाई ‍छिर्न नदिन बारले धर्ना दिनेछ।

सर्वोच्च अदालतका सबै इजलास बहिष्कार गर्ने निर्णय गरेको नेपाल बार एशोसिएसनले बन्दीप्रत्यक्षीकरणका बाहेक राणाले तोकेका इजलास बहिष्कार गर्दै आएका छन्।

नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ र सर्वोच्च अदालत बारका उपाध्यक्ष मुकुन्द पौडेलसहितको टोलीले बिहीबार आफूहरुमाथि धरपकड गरेको विरोधमा शुक्रबार प्रधानन्यायाधीशलाई सर्वोच्चको मूल गेटमा रोक्ने जानकारी गराएका थिए।

बिहीबार सर्वोच्च अदालत परिसरमा कानुन व्यवसायीमाथि प्रहरीले लाठीचार्ज र धरपकड गरेको थियो। सो घटनामा बारका महासचिवसहित ६ जना घाइते भएका थिए ।

प्रहरीको लाठीचार्जबाट बार महासचिव पौडेल, उपाध्यक्ष रक्षा बस्याललगायतलाई चोटपटक लागेको थियो। उक्त घटनाको भर्त्सना गर्दै नेपाल बारले विज्ञप्ति निकालेको छ ।

प्रतिक्रिया