भोली सर्वोच्चका कुनैपनि इजलासमा बहस पैरवी नगर्ने कानुन व्यवसायीहरुको घोषणा


काठमाडौँ – कानुन व्यवसायीहरुले भोलि (शुक्रबार) सर्वोच्च अदालतका कुनैपनि इजलासमा बहस पैरवी नगर्ने घोषणा गरेका छन् ।

बिहीबार सर्वोच्च अदालतमा भएको धर्नाका क्रममा प्रहरीले बल प्रयोग गरेको विरोधमा नेपाल बार एशोसिएसनले यस्तो घोषणा गरेको हो । विरोध सभामा बार महासचिव लीलामणि पौड्यालले दिएको जानकारीअनुसार भोलि सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको मुद्दामा समेत कानुन व्यवसायीहरुले बहस पैरवी गर्ने छैनन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै बार एशोसिएसनको आह्वानमा कानुन व्यवसायीहरुले बिहीबार सर्वोच्चमा धर्ना दिएका थिए ।

त्यसक्रममा प्रहरीले लाठिचार्ज गर्दा बार पदाधिकारीसहित ६ जना घाइते भएका छन् ।

यसअघि केही दिन इजलास बहिस्कार गरेका न्यायाधिसहरुले बन्दी प्रत्यक्षीकरणका मुद्दामा सुनुवाई गर्दै आएका थिए ।

प्रतिक्रिया