देशभर थप १४३ जनामा कोरोना संक्रमित, ९ को मृत्यु, ५६३ जना कोरोनामुक्त


काठमाडौं – नेपालमा पछिल्लो २४ घन्टामा १४३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको २ हजार ३३ नमूना परिक्षणमा उक्त संख्यामा कोरोना पुष्टी भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा नेपालमा ५ सय ६३ जनाले कोरोनाबाट जित हात पारेका छन् । यससँगै हालसम्म ७ लाख ९५ हजार ३ सय ९७ जना कोरोनामुक्त भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै गत २४ घन्टामा नेपालमा ९ जना संक्रमितको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । यससँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ४ सय ४८ पुगेका छन् ।

अहिलेको अवस्थामा नेपालमा सक्रिय संक्रमितको संख्या ७ हजार ७ सय १३ रहेको पनि मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया