बडिगाड खोला किनारमा युवक मृत फेला


गुल्मी – गुल्मी र बाग्लुङको सिमनामा पर्ने बडिगाड खोलामा एक २७ वर्षीय युवकको शव फेला परेको छ । बागलुङको बडिगाड गाउँपालिका–९ का २८ वर्षीय शंकर परियार सोही पालिका–६ स्थित बडिगाड खोलाको किनारामा मृत अवस्थामा फेला परेका हुन् ।

कात्तिक ९ गते दशैंको पूर्णिमा मेला बुर्तिवाङ हेरी घर फर्कने क्रममा ढोरपाटन–२ सिमलचौरदेखि मालारानी जाने गोरेटो बाटोको भिरबाट खसेर बडिगाड खोलामा खसे बेपत्ता भएको प्रहरीलाई जानकारी दिएको थियो ।

सोही अनुरुप ईलाका प्रहरी कार्यालय बुर्तिवाङबाट खटिएको प्रहरीले खोजी गर्दै जाने क्रमममा बुधबार उक्त खोलाको किनारामा उनको शव फेला पारेको हो ।

प्रतिक्रिया