सुरुङ खोलामा भाले गैंडा मृत अवस्थामा फेला


चितवन – चितवन राष्ट्रिय निकुञ्जको सुरुङ खोलामा एउटा गैंडा मृत अवस्थामा फेला परेको छ । निकुञ्जको टाइगर टप्स पूर्वमा पर्ने सुरुङ खोलामा जुधेर गैंडा मरेको हो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार अन्दाजी १६–१७ वर्षको भाले गैंडा मरेको हो । अर्काे गैंडासँग जुध्दा लखेटिएर भीरबाट खसेर खोलाको बगरमा गैंडा पुगेको थियो ।

गैंडाको खाग, खुर सुरक्षित रहेको प्रारम्भिक जानकारी प्राप्त भएको उनले बताए । यससँगै चालू आर्थिक वर्षमा निकुञ्जमा २३ गैंडा मरेका छन् । जसमध्ये २ चोरीशिकारी, २ मानवीय त्रुटि र १९ प्राकृतिक कारणले मरेका हुन् ।

प्रतिक्रिया