विभिन्न स्थानमा ३ जना मृत अवस्थामा फेला     


काठमाडौं – बझाङ, जयपृथ्वी नगरपालिका-१० पानकोटस्थित सेती नदीमा तलकोट गाउँपालिका-३ बस्ने २६ वर्षीया धनकुमारी भण्डारी बुधबार मृत अवस्थामा फेला परेका छन् ।

गुल्मी, मालिका गाउँपालिका-७ घमिर दिर्घ बस्ने ३२ वर्षीय लोकनाथ पन्थी आफ्नै घरदेखि करिब १ किलोमिटर टाढा जंङ्गलमा बुधबार मृत अवस्थामा पेला परेका छन् । गत भदौ २८ गते देखि हराएका उनको खोजी गर्ने क्रममा शव फेला परेको हो ।

ललितपुर, गोदावरी नगरपालिका-७ सल्नेनीस्थित सडकबाट करिब ७ सय मिटर तल खोल्सामा सोही नगरपालिका-११ झ्यालिपाटी डेरा गरी बस्ने उदयपुर गढी गाउँपालिका-१ घर भएका २८ वर्षीय मनोज सार्की बुधबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया