देशका विभिन्न स्थानमा ७ जना मृत अवस्थामा फेला


काठमाडौं – देशका विभिन्न भागमा ७ जना मृत अवस्थामा मृत अवस्थामा फेल परेका छन् । दाङ, डोटी, बाँके, चितवन, सिरहामा एक एक जना र इलाममा दुई जना गरी ७ जना मृत अवस्थामा भेटिएका हुन्।

दाङको घोराही उपमहानगरपालिका ९ अस्वरा बस्ने ४७ वर्षीय जग्गु थारू आफ्नै कोठामा मंगलबार मृत अवस्थामा फेला परेका छन् । डोटीको शिखर नगरपालिका ८ डोके बजारस्थित घोरेटो बाटोमा सोही नगरपालिका १० बाण्डुङ्ग्रिसैन बस्ने ५४ वर्षीय शेर बहादुर बलायर मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

बाँकेको नेपालगंज उपमहानगरपालिका-१७ चौलिका चोकस्थित सार्वजनिक शौचालय छेउको कोठामा सोही शौचालयमा काम गरी बस्ने भारत सितापुर तम्मोर गाउँ घर भएका ३९ वर्षीय राकेश बाल्मिकी मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

यस्तै ईलामको माई नगरपालिका ३ सितली डेरा गरी बस्ने उदयपुर बेलका नगरपालिका ८ घर भएका २९ वर्षीय दिनेश राई आफ्नै कोठामा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी ईलाम, सूर्योदय नगरपालिका १ टिमुरे बस्ने ३९ वर्षीय कुल बहादुर थापा सोही ठाउँस्थित टिमुरे भिरबाट करिब ५० फिट तल मंगलबार मृत अवस्थामा फेला परेका छन् । घरबाट खाने पानी बनाउन खोलातर्फ हिँडेका उनी फर्कि नआएपछि खोजी गर्ने क्रममा उक्त स्थानमा उनको शव फेला परेको हो ।

उता, चितवनको भरतपुर महानगरपालिका १ नारायणी नदी छेउमा तीरमा रुपन्देही तिलोत्तमा नगरपालिका १२ बुधबारे बस्ने ५२ वर्षीय टोपलाल खरेल मंगलबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी सिरहाको भगवानपुर गाउँपालिका १ हुलाकी सडकखण्डमा हाल नाम, थर, नखुलेका करिब २७ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

प्रतिक्रिया