विभिन्न स्थानमा गरी ७ जना मृत अवस्थामा फेला


काठमाडौं – देशका विभिन्न स्थानमा गरी ७ जना मृत अवस्थामा भेटिएका छन् ।

कैलालीको धनगढी उपमहानगरपालिका -६ जालि चोकस्थित गोलघरमा सोही उपमहानगरपालिका २ सन्तोषी टोल बस्ने ३० वर्षीय मनोज जोशी बिहीबार मृत अवस्थामा फेला परेका छन् । उनको शव नजिकै सु.प.प्र.०१-०-१०प २५०८ नम्बरको मोटरसाइकल समेत पार्किङ गरी राखेको अवस्थामा फेला परेको छ ।

सल्यानको शारदा नगरपालिका ११ हिउल्चा घर भई हाल सोही नगरपालिका १ श्रीनगरस्थित चाँदे होटलका संचालक ३४ वर्षीय प्रेमराज गिरी शारदा नगरपालिका १२ स्थित सामुदायिक वनमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।होटलबाट मंगलबार बिहान कागती किन्न जान्छु भनि हिँडेकोमा फर्की नआएपछि खोजी गर्ने क्रममा उक्त वनमा उनको शव फेला परेको हो ।

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका १० भञ्ज्याङ बस्ने ५२ वर्षीया पम्फा कार्की घरबाट ६ सय मिटर टाढा बाटोमा बिहीबार मृत अवस्थामा फेला परेकी छन् ।

काभ्रेपलाञ्चोक, नमोबुद्ध नगरपालिका ६ पच्चिसकिलोस्थित चरङेखोलाको किनारामा सोही ठाउँ बस्ने ८५ वर्षीय बिल बहादुर श्रेष्ठ बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

मोरङ, पथरी शनिश्चरे नगरपालिका ९ जन एकता चोकस्थित प्लाई फ्याक्ट्रीमा काम गर्ने भारत पुरनिया थाना बस्ने ४० वर्षीय राजेश कुमार महतो आफू सुत्ने कोठामै बिहीबार मृत अवस्थामा फेला परेका छन् । बर्दिया, राजापुर नगरपालिका ६ बिक्रमपुर बस्ने २६ वर्षीय गोपाल थारु सोही नगरपालिका ५ कृष्णनगरस्थित बेलुवा कुलोमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

घरबाट बुधबार बेलुकी गाउँतर्फ गएकोमा घर फर्की नआएपछि खोजी गर्ने क्रममा उक्त कुलोको पानीमा डुबेको अवस्थामा उनको शव फेला परेको हो । म्याग्दी, धवलागिरि गाउँपालिका-४ मुदि थाम्लामा हाल नाम, थर, वतन नखुलेका पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

प्रतिक्रिया