मन्त्रिपरिषद विस्तारमा प्रधानन्यायाधीशलाई जोड्नु अतिरञ्जित : सर्वोच्च


काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई मन्त्रिपरिषद् विस्तारमा असान्दर्भिक रुपमा जोडिएको भन्दै सर्वोच्च अदालतले खण्डन गरेको छ।

मन्त्रिपरिषदमा प्रधान न्यायाधीश जबराले भाग खोजेको समाचार सार्वजनिक भएपछि सोमबार सर्वोच्च अदालतले विज्ञप्ति जारी गरी प्रधानन्यायाधीशलाई मन्त्रिपरिषदमा भाग खोजेको भनेर असान्दर्भिक रुपमा जोडेर अतिरञ्जित गरिएको जनाएको हो।

‘संविधानतः प्रधानमन्त्रीको सिफारिसमा हुने मन्त्रिपरिषदको गठन एवं विस्तारको विषयमा सम्माननीय प्रधानन्यायाधीशज्यूलाई असान्दर्भिक रुपमा जोडेर अतिरञ्जित एवं भ्रामक समाचार प्रकाशन हुनु अत्यन्तै दु:खद र खेदजन्य विषय हो।’ सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।’

प्रतिक्रिया