सशस्त्रका तीन गोताखोरलाई कैलाली प्रहरीको सम्मान


कैलाली – जिल्ला प्रहरी कार्यालय कैलालीले सशस्त्र प्रहरी बलका तीन जना गोताखोर कर्मचारीहरुलाई सम्मान स्वरुप प्रशंसा(पत्र प्रदान गरेको छ ।

जिल्ला प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं् ७ बाहिनी मुख्यालय, अत्तरिया, कैलालीमा कार्यरत सशस्त्र प्रहरी सहायक निरीक्षक बिरेन्द्र कार्की, सशस्त्र प्रहरी जवान हरिश भट्ट र सशस्त्र प्रहरी जवान तिलक लामालाई जिल्ला प्रहरी प्रमुख विश्व अधिकारीले सम्मान स्वरुप प्रशंसा—पत्र प्रदान गरे ।

गत भदौ १८ गते कैलाली जिल्ला गोदावरी नगरपालिका–१ बस्ने बर्ष १० र १४ का दुई जना बालकहरु बेपत्ता भई खोजतलास गर्दै जाँदा राती मनहरा नदीको किनारमा निजहरुको कपडा फेला परे पश्चात् जिल्ला प्रहरी कार्यालय, कैलालीको अनुरोध र समन्वयमा परिचालित भई राती २३ः३० बजेको समयमा समेत नदीमा पसी अथक प्रयासका साथ खोजतलास गरी निजहरुको शव उद्दारमा प्रदर्शन गरेको साहस, कार्य दक्षता, लगनशिलता, कर्तव्य परायणता र सहयोगको उच्च सम्मान गर्दै  निजहरुको उल्लेखनीय, प्रशंसनीय एवं उत्कृष्ट कार्यको कदर स्वरुप प्रशंसा(पत्र प्रदान गरिएको हो ।

कार्यक्रममा प्रहरी उपरीक्षक विश्व अधिकारीले जिल्लामा विपद् व्यवस्थापन तथा शान्ति सुरक्षा कायम गर्नमा सशस्त्र प्रहरी बलसंगको समन्वय र सहकार्य उल्लेखनीय एवं प्रभावकारी रहेको बताउदै यसका लागि सशस्त्र प्रहरी बल नेपाल प्रति आभार व्यक्त गर्दै गुणस्तरीय नागरिक सेवा प्रवाहका लागि यो समन्वय र सहकार्य अझै प्रभावकारी हुँदै जाने विश्वास व्यक्त गरे ।

May be an image of ‎3 people, people standing, military uniform and ‎text that says '‎××ו×א 9isgeи माजी नेपाल प्रहरी नेवाल Nepal Police Nepal नेपाल प्रहरी नेणाल Nepal Polia नेपाल प्रहर Nepal Police नेघाल Nepal नेपाल Nepal नेपाल Nepal नेपाल Nepal समुदाय- प्हरी सामेदारी सुरक्षा, कानूनको प्रभावकारी कार्यान्वयन, नागरिक उत्तरदायित श्तरीय सेवा प्रवाहब "हाम्रा प्रहरीर जिल्ला प्रहरी कार्यालर सम्पर्क ወピ २၇9५ णीस ma प्रहरी alPolie ल प्रहरी Police ল प्रहरी Police प्रहरी Police हरी lice प्रहरी ने Police Ne प्रहरी Police Nepal नेपाल प्रहरी नेपाल प्रहरी नेपाट Nepal Police Nepal‎'‎‎

May be an image of 3 people, people standing and military uniform

May be an image of 3 people, people standing and military uniform

प्रतिक्रिया