१५६९० को परिक्षण गर्दा थप १४७६ जनामा कोरोना पुष्टी, ९ को मृत्यु


काठमाडौं – नेपालमा पछिल्लो २४ घन्टामा १४७६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १५६९० जनाको कोरोना परिक्षण गरिएकोमा उक्त संख्यामा कोरोना पुष्टी भएको हो ।

मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घन्टामा १५५० जना कोरोनामुक्त भएका छन् । यससँगै हालसम्म कोरोनामुक्त हुनेको संख्या ७ लाख ५८ हजार ५ सय ४ रहेको छ ।

त्यस्तै नेपालमा कोरोनाबाट थप ९ जनाको मृत्यु भएको छ । यससँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ८१ पुगेको छ ।

नेपालमा पछिल्लो अवस्थामा २० हजार २ सय ८७ जना सक्रिय संक्रमित रहेका छन् ।

 

प्रतिक्रिया