देशभर थप १३३० जनामा कोरोना पुष्टी, १८३० कोरोनामुक्त


काठमाडौं – नेपालमा पछिल्लो २४ घन्टामा १३३० जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभरका प्रयोगशालामा गरिएको १३ हजार ६२२ परिक्षणमा उक्त संख्यामा कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

त्यस्तै पछिल्लो २४ घन्टामा कोरोनाबाट मुक्त हुनेको संख्या १८३० पुगेको छ । यससँगै हालसम्म देशभरमा ७ लाख ५४ हजार जना कोरोनामुक्त भएका छन् ।

त्यस्तै पछिल्लो २४ घन्टामा कोरोनाका कारण ५ जनाको मृत्यु भएको छ । यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ५३ पुगेको छ ।

पछिल्लो तथ्यांकअनुसार नेपालमा अहिले सक्रिय संक्रमितको संख्या २१ हजार ५ सय २४ रहेको छ ।

प्रतिक्रिया