देशभर थप ७३४ जनामा कोरोना संक्रमण, १४१३ जना कोरोनामुक्त


काठमाडौं – नेपालमा पछिल्लो २४ घन्टामा ७ सय ३४ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा देशभर गरिएका १० हजार १३ परिक्षणमा उक्त संख्यामा कोरोना पुष्टी भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै नेपालमा पछिल्लो २४ घन्टामा १ हजार ४ सय १३ जना कोरोना मुक्त भएका छन् । यससँगै हालसम्म कोरोनाविरुद्ध जित हात पार्नेको संख्या ७ लाख ४९ हजार २ सय १३ पुगेको छ ।

त्यस्तै नेपालमा पछिल्लो २४ घन्टामा १२ जना संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ४० पुगेको छ ।

प्रतिक्रिया