देशभर थप १५६२ मा कोरोना पुष्टी, १९ जनाको मृत्यु


काठमाडौं – नेपालमा पछिल्लो २४ घन्टामा १५६२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभरका विभिन्न प्रयोगशालामा १४ हजार ४४३ नमुना परिक्षण गरिएको थियो ।

त्यस्तै २४ घन्टामा १५८९ जना कोरोना संक्रमित कोरोनामुक्त भई अस्पतालबाट डिस्चार्ज भएको पनि मन्त्रालयले जनाएको छ । यससँगै हालसम्म नेपालमा ७ लाख ४२ हजार ३ सय ६ जना कोरोनमुक्त भएका छन् ।

त्यस्तै नेपालमा गत २४ घन्टामा १९ जना संक्रमितको मृत्यु भएसँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० हजार ९ सय ८४ पुगेको छ ।

प्रतिक्रिया