जयसिंह धामी बेपत्ता घटनाबारे छानबिन समितिको सिफारिस कार्यान्वयन होला ?


काठमाडौँ – जयसिंह धामी तुइनबाट महाकाली नदीमा खसेर बेपत्ता भएको घटनाको छानबिन गर्न गठित समितिले मङ्गलवार गृहमन्त्रीलाई बुझाएको प्रतिवेदन कार्यान्वयनबारे आफूहरू छलफलकै चरणमा रहेको गृह मन्त्रालयका अधिकारीहरूले बताएका छन्।

समितिले उक्त घटना भारतीय एसएसबीका सुरक्षाकर्मीको उपस्थितिमा घटेको प्रतिवेदनमा उल्लेख गरेको मन्त्रालयले वक्तव्यमार्फत् जानकारी दिएको छ।

उक्त घटनाबारे भारतसँग कुरा उठाउन नसकेको भन्दै विपक्षी दलका नेतासहित कैयौँले सरकारमाथि प्रश्न उठाइरहेका बेला समितिले प्रतिवेदन बुझाएको हो।

मन्त्रालयको वक्तव्यपछि सत्ताधारी दलकै कतिपय नेताले समेत उक्त घटनालाई उद्धृत गर्दै पीडितले न्याय पाउने नदेखिएको सामाजिक सञ्जालमा लेखेका छन्।

यद्यपि पूर्वपरराष्ट्रमन्त्री समेत रहेका सत्ताधारी दलका नेताले सरकारले प्रतिवेदनले औँल्याएका तथ्यरसत्यका आधारमा कूटनीतिक पहल गर्नेू बीबीसीलाई बताएका छन्।

महाकालीमा बेपत्ता जयसिंह धामीबारे अझै बोलेन सरकार, दोषीलाई कारबाहीको आशामा परिवार

प्रतिवेदनमा के छ ?
छानबिन समितिले मङ्गलवार गृहमन्त्री बालकृष्ण खाँडलाई बुझाएको प्रतिवेदन सार्वजनिक नभएकाले त्यसमा कस्ता विवरण छन् भन्ने बाहिर आएको छैन।

तर मङ्गलवारै मन्त्रालयले वक्तव्य जारी गर्दै उक्त प्रतिवेदनले गरेको सिफारिसबारे संक्षिप्त जानकारी दिएको छ।

मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलद्वारा जारी वक्तव्यमा भनिएको छ, ‘मितिले उक्त घटना भारतीय एसएसबीका सुरक्षाकर्मीको उपस्थितिमा घटेको देखिएकोले निजहरूको संलग्नता सम्बन्धमा अनुसन्धान गरी दोषी उपर कानुनी कारबाही गर्न र जयसिंह धामीका परिवारलाई उचित क्षतिपूर्ति र राहत उपलब्ध गराउन भारतीय पक्षसँग कूटनीतिक माध्यमबाट पहल गर्न साथै आश्रित परिवारलाई नेपाल सरकारका तर्फबाट पालनपोषण र शिक्षादीक्षाको व्यवस्थापन गर्न सिफारिस गरेको छ।’

गत साउन १५ गते धामी तुइनबाट महाकाली नदीमा खसेर बेपत्ता भएका थिए।

त्यसको दुई दिनपछि साउन १७ गते मन्त्रालयका सहसचिव जनार्दन गौतमको नेतृत्वमा १० दिनमा प्रतिवेदन तयार पार्ने गरी पाँच सदस्यीय छानबिन समिति गठन भएको थियो।

साउन २५ गते समितिले प्रतिवेदन तयार पार्नका लागि थप एक साता मागेपछि समय थप गरिएको थियो। तर थपिएको समयपछि पनि सरकारले फेरि समितिको समय थप गर्न लागेको भन्दै कतिपयले प्रश्न उठाइरहेका बेला मङ्गलवार प्रतिवेदन बुझाइएको हो।

महाकालीमा खसेर बेपत्ता भएका जयसिंह धामीको अवस्था अझै अज्ञात छ। प्रत्यक्षदर्शीहरूले दुर्घटनामा भारतीय सीमा सुरक्षा बल एसएसबीको संलग्नता सङ्केत गरेका छन्।

तर घटनामा आफ्नो संलग्नता नरहेको एसएसबीको दाबी सहितका खबरहरू आएका थिए।

अधिकारीहरू के भन्छन् ?
बीबीसीले कुराकानी गरेका गृह र परराष्ट्र मन्त्रालयका अधिकारीहरूले उक्त प्रतिवेदन र घटनाबारे ‘अहिले छलफल भइरहेको बताए।

कतिपय अधिकारीका भनाइमा ‘उच्च राजनीतिक तहबाटू नै उक्त विषयमा कस्तो कूटनीतिक पहल गर्ने हो तय हुनुपर्ने अवस्था देखा परेको छ।

उक्त प्रतिवेदन कार्यान्वयनबारे राखिएको जिज्ञासामा मन्त्रालयका प्रवक्ता पोखरेलले भने, ‘प्रतिवेदनलाई कसरी मूर्तरूप दिने भन्नेबारे सरसल्लाह हुनै बाँकी छ। दुई देशबीचको कुरा छ, एउटा मन्त्रालयले मात्र गरेर पनि हुँदैन। केही समय लाग्ला।’

उक्त प्रतिवेदन कार्यान्वयनबारे गृहमन्त्री बालकृष्ण खाँड र सरकारका प्रवक्ता एवम् कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसँग कुराकानी गर्न गरिएको पटक(पटकको प्रयास सफल हुन सकेन।

महाकाली घटनाबारे संसद्‌मा सरकारको आलोचना, सुझाव कार्यान्वयन गर्ने गृहमन्त्रीको वचन

सत्ताधारी दलका नेता के भन्छन् ?
जयसिंह धामी प्रकरणमा सरकारले भारतसँग दरिलो कूटनीतिक पहल नगरेको भन्दै सरकारको आलोचना भइरहेको छ।

विपक्षी दलले संसद्‌मै भारतसँग विरोध पत्र दर्ता गराउन माग गरेको थियो भने सत्तारुढ दल नेपाली काँग्रेसले एसएसबीको संलग्नता रहेको बताउँदै विज्ञप्ति जारी गरेको थियो।

गृहमन्त्रीले प्रतिवेदन बुझेको खबर आएपछि पनि सामाजिक सञ्चालनमा सरकारको आलोचना भइरहेको छ।

आलोचना गर्नेमा सत्ताधारी दलकै कतिपय नेतासमेत छन्।

नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले ट्वीट गरेका छन्, ूजयसिंह धामी१ तिमीले न्याय पाउने दिन गए। मानवतावादी, कृतघ्न र मृतहरूको मुखमा मानवतावाद१ द्रौपदी वस्त्रहरण भएको सभामा भीष्म, द्रोणाचार्य, कृपाचार्य र नीतिनिपूण विदुरको जस्तो मौनता भयो हाम्रो। गजब छ( भारतीय मानवता र न्याय साथै नेपाली राजनीति१ू

तर पूर्वपरराष्ट्रमन्त्री समेत रहेका काँग्रेस नेता प्रकाशशरण महत छानबिन समितिको प्रतिवेदनका आधारमा कूटनीतिक पहल हुने बताउँछन्।

बीबीसीसँग उनले भने, ‘वैदेशिक सम्बन्धलाई ‘डिलु गर्दाखेरि पूर्ण सूचनाका साथ आधारसहित प्रस्तुत भयो भने राम्रो हुन्छ१ त्यसकारण यो प्रतिवेदन आएको छ । अब त्यसको आधारमा यो सरकारले कुराहरू राख्छ।’

समग्रमा यथार्थको आधारमा तथ्यसत्यका आधारमा कूटनीतिक पहल गर्‍यो भने सार्थक परिणाम ल्याउने भएकाले सरकारले त्यस्तै बाटो अख्तियार गरेको उनले बताए। बीबीसी

प्रतिक्रिया