विवाह खर्च कटाएर वडाध्यक्ष एनिमल सेन्टर स्थापना


कैलाली- कैलालीको धनगढीमा बेवारिसे कुकुरको उद्वारका लागि ‘एनिमल सेल्टर’ स्थापना गरिएको छ । धनगढी उपमहानगरपालिका– ५ का वडाध्यक्ष गजेन्द्र शाहीले एनिमल सेल्टर स्थापना गरेका हुन् ।

बेवारिसे कुकुरको लागि छाना र खानाको व्यवस्थासहितको एनिमल सेल्टर स्थापना गरिएको वडाध्यक्ष शाहीले बताए ।

‘भर्खरै मेरो विवाहको कार्यक्रम सम्पन्न भएको छ,’ उनले भने, ‘विवाहको खर्च कटाएर बेवारिसे कुकुरको उद्वारका लागि एनिमल सेल्टर स्थापना गरिएको हो । कुकुर धार्मिक हिसावले पनि हामीसँग जोडिएको हुन्छ भने इमानदार जनावर पनि हो । बेवारिसे कुकुरलाई आश्रयसँगै उपचारको व्यवस्था पनि यहाँ हुन्छ ।’

सेल्टरमा चराका लागि पनि आश्रम स्थल बनाइएको छ ।

प्रतिक्रिया