

अवैध लागूऔषधसहित २७ जना पक्राउ

काठमाडौं – देशका विभिन्न स्थानहरूबाट अवैध लागूऔषध कारोबार तथा सेवनमा संलग्न रहेका २७ जनालाई प्रहरीले पक्राउ गरेको छ।
बाँके, बैजनाथ गाउँपालिका-३ पितमारीस्थित बालसुधार गृह नौबस्ता बाँकेको ए ब्लकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८० मिलिग्राम सहित कोहलपुर नगरपालिका-११ बस्ने १९ वर्षीया संगीता थारूलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । बालसुधार गृहको भेटघाट कक्षमा बालबिज्यकर्तालाई भेट्न आएकी संगीतालाई उक्त पदार्थ सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो ।
कञ्चनपुर, भीमदत्त नगरपालिका-११ गड्डाचौकीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम १ सय ९० मिलिग्राम सहित सोही नगरपालिका-२ बस्ने २२ वर्षीय दिपेश डगौरालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कञ्चनपुर, पुनर्वास नगरपालिका-११ डोकेबजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ८० मिलिग्राम सहित कैलाली धनगढी उपमहानगरपालिका-८ क्याम्पस चोक बस्ने २५ वर्षीय सन्दिप श्रीवास्तवलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
झापा, गौरीगंज गाउँपालिका-३ बाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १ सय ग्राम ९० मिलिग्राम, नियन्त्रित लागूऔषध नाइट्राजेपाम १ सय ट्याब्लेट, नगद २ लाख ४३ हजार ५ सय रूपैयाँ र डिजिटल तराजु १ थान सहित ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत किसनगंज खनियाबाद-७ फुलबरिया बस्ने १९ वर्षीय मोनाजिर आलम, भारत किसनगंज खनियाबाद-५ फत्तेपुर बस्ने ५८ वर्षीय भोला ठाकुर र दमक नगरपालिका-५ बस्ने ४१ वर्षीय संजय भन्ने भुपेन्द्र राई रहेका छन् । इलाका प्रहरी कार्यालय गौरीगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेको ना.१ च ९१६२ नम्बरको कार र बीआर ३७ एजे ९९५२ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।
यसैगरी झापा, बिर्तामोड नगरपालिका-१ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिन पदार्थ २ सय ४० मिलिग्राम सहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बिर्तामोड नगरपालिका-१ बस्ने २५ वर्षीय सलिम खान भन्ने महमद सलाम देवान, २९ वर्षीय विशाल शाक्य र इलाम माई नगरपालिका-८ रातेखोला बस्ने २७ वर्षीय श्री प्रसाद आङदेम्बे रहेका छन् । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
भक्तपुर, मध्यपुर थिमी नगरपालिका-६ डेरा गरी बस्ने सिन्धुपाल्चोक जुगल गाउँपालिका-५ घर भएका २३ वर्षीय दिनेश लामा समेत २ जनालाई अवैध लागूऔषध पोल्याण्ड ८ सय ४० ग्राम, खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ९ सय ५० मिलिग्राम, नियन्त्रित लागूऔषध ट्रामानिल ४ सय ५१ ट्याब्लेट, नाइट्राजेपाम १ हजार १ सय ९० ट्याब्लेट, नाइट्राभेट ७२ ट्याब्लेट, मोबाइल २ थान र नगद ७ हजार रूपैयाँ सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त थिमीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यसैगरी भक्तपुर, मध्यपुर थिमी नगरपालिका-९ बोडेबाट अवैध लागूऔषध पोल्याण्ड ४ सय ६६ ग्राम, नियन्त्रित लागूऔषध स्पास्पेन ४ सय ५० ट्याब्लेट, ट्रामाडोल १ सय ८० ट्याब्लेट, स्टागन १ सय ७३ ट्याब्लेट, मोबाइल ३ थान र नगद ५ हजार रूपैयाँ सहित ५ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने खोटाङ ऐसेलुखर्क गाउँपालिका-८ घर भएका २५ वर्षीय स्वदेश राई, सोही ठाउँ बस्ने काभ्रे रोशी गाउँपालिका घर भएका २९ वर्षीय छिरीङ लामा, २५ वर्षीय अमिर बस्नेत, मध्यपुर थिमी नगरपालिका-७ धुन्चेपाखा बस्ने २१ वर्षीय सम्राट राई र काठमाडौं कागेश्वरी मनोहरा बस्ने सिन्धुपाल्चोक लिशंखुपाखर गाउँपालिका-३ घर भएका २७ वर्षीय विकास लामा रहेका छन् । प्रहरी वृत्त थिमीबाट खटिएको प्रहरीले स्वदेशको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
रूपन्देही, सिद्धार्थनगर नगरपालिका-१ बेलहिया गाउँ बस्ने ३४ वर्षीया रादिया खातुन समेत २ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ४ सय ४० मिलिग्राम सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
पर्सा, वीरगंज महानगरपालिका-२१ परवानीपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १५ ग्राम सहित सोही महानगरपालिका-१६ बस्ने २२ वर्षीय मुस्तफा अंसारीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी परवानीपुरबाट खटिएको प्रहरीले बीआर ०६ सिटि ०८१ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
चितवन, कालिका नगरपालिका-४ हाइस्कुल चोकबाट नियन्त्रित लागूऔषध डाइजेपाम २ एम्पुल, प्रोमेथाजाइन ८ एम्पुल, बुप्रेनोर्फिन ८ एप्पुल, सिरिन्ज ४७ थान र नगद १० हजार ४ सय ९५ रूपैयाँ सहित सोही नगरपालिका-५ बस्ने २७ वर्षीय कमल चौधरीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट पदमपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यसैगरी चितवन, इच्छाकामना गाउँपालिका-५ मुग्लिङ बजारबाट अवैध लागूऔषध गाँजा करिब ३ सय ग्राम सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धादिङ बेनीघाट रोराङ गाउँपालिका-७ बस्ने ३२ वर्षीय विजय गुरूङ र भरतपुर महानगरपालिका-२० बस्ने २७ वर्षीय अनिल थापा रहेका छन् । इलाका प्रहरी कार्यालय मुग्लिङबाट खटिएको प्रहरीले ग.१ ख ५५९२ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी चालक विजय र सहचालक अनिललाई पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा इच्छाकामना गाउँपालिका-६ पाँच किलोस्थित सोही नगपालिका-६ बस्ने ३४ वर्षीय फुलमाया गुरूङ र सोही नगरपालिका-४ बस्ने ३७ वर्षीय सन्जु गुरूङले सञ्चालन गरेको युनिस खाजा घरमा लागूऔषध बेचबिखन गरिरहेको खुल्न आएपश्चात प्रहरीले उक्त खाजा घर तलासी गर्दा करिब १ किलोग्राम गाँजा फेला पारी दुबै जनालाई पक्राउ गरेको छ ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १८ ग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा वीरगंज महानगरपालिका-५ बस्ने २० वर्षीय करण राय र २९ वर्षीय उपेन्द्र रायभर रहेका छन् । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले वीरगंजबाट हेटौंडातर्फ आउँदै गरेको म.१ प २१८ नम्बरको बसमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम १ सय ३० मिलिग्राम सहित बेलवारी नगरपालिका-७ बस्ने २२ वर्षीय रोशन राईलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

