पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसीको उपचार सरकारले गर्ने


काठमाडौं । पूर्व उपप्रधानमन्त्री एवं राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको उपचार खर्च सरकारले ब्यहोर्ने भएको छ ।

बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले कोरोना संक्रमण पुष्टी भएपछि अस्पताल भर्ना भएका केसीको उपचारमा लाग्ने सम्पूर्ण रकम सरकारले ब्यहोर्ने निर्णय गरेको हो ।

मन्त्रीपरिषद् बैठकपछि अर्थमन्त्री विष्णु पौडेलले ट्विट गर्दै उक्त कुराको जानकारी गराएका छन् । पौडेलले लेखेका छन्, ‘राष्ट्रिय जनमोर्चाका अध्यक्ष, संविधानसभाका सदस्य, पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीज्यूको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु। आज सम्पन्न मन्त्रिपरिषदको बैठकले उहाँको सम्पूर्ण उपचार खर्च बेहोर्ने निर्णय गरेको पनि अवगत गराउँछु।’

केसीको अहिले ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

यसअघि राष्ट्रिय जनमोर्चाले उपचारका लागि एक सूचना प्रकाशित गर्दै सर्वसाधारणका लागि उपचार सहयोग रकम उपलब्ध गराउन अनुरोध गरेको थियो ।

प्रतिक्रिया