
सेती अस्पतालको कथाः सासको टुंगो छैन, आश जीउँदो छ
काठमाडौं– कोभिडको कहर खेपीरहेका बिरामीका लागि सेती अस्पताल धनगडीको पीडा फरक छैन। बिरामीको सास कति बेला रोकिने हो टुांगे छैन। तर, अक्सिन सिलिन्डरका लागि आशचाहिँ जीउँदो छ, विरामीका आफन्तको।
‘रात त कट्यो तडपिएर, दिन त पुरै बाँकी छ’, अक्सिजनका लागि लाइन लागेकाहरू समान पीडा सुनाउँछन्।
एक थान अक्सिजन सिलिन्डरभन्दा ठूलो केही भएन अब। एक थान सिलिन्डर हात पार्नु र युद्ध जित्नु उस्तै–उस्तै लाग्छ, सेवाग्राहीलाई।
धेरैको भाग्यमा त एक सिलिन्डर पनि हुँदैन, सेती प्रादेशिक अस्पतालमा बिहानै अक्सिजनका लागि यसरी लाईन लाग्नु अहिले दैनिकी बनेको छ।
अस्पतालमा जम्मा ११ वटा अक्सिजन सिलिन्डर छन्। तर, दैनिक कम्तिमा ४० भन्दा बढी संक्रमित र तिनका आफन्तको माग आउँछ। अस्पताल प्रशासन धान्नै नसक्ने चोटमा छ।
‘कसरी बाँड्ने? कसलाई बाँड्ने? सकसमा छन् अस्पतालका कर्मचारी। कसका अनुहार हेर्ने, कसका नहर्ने? सबै उस्तै देख्छन्। ‘जसका आँखामा पनि एक थान सिलिन्डरका लागि व्यग्र प्रतिक्षा देखिन्छ, आश देखिन्छ’, एक कर्मचारी भन्छन्।
सिलिन्डर नपाएर अस्पतालको शैयामा संक्रमित छटपटिँदैछ, यता अक्सिजनको जोहो गर्न नसकेर आफन्त ब्यग्रतामा छन्। त्यही जीवित आशले कतिखेर मालिका अक्सिजन उद्योगसम्म पुग्छन् आफन्त। कहिले कता पुग्छन्। अस्पतालको बाहिर गाडी आयो भने पनि संक्रमितका आफन्तहरु अक्सिजन आयो भन्ने ठान्छन्, त्यतै कुद्छन् ।
यस्तो पीडा देखेपछि अस्पतालका कर्मचारीले संकट व्यवस्थापन गर्न अलि अलि भए पनि सबैलाई अक्सिजन बाँड्न तयार भए।
बेद जोशी, अरुण पनेरु, उदय योगीलगायतका अस्पतालका कर्मचारीहरु जो सबैलाई यसैगरी आशा बाँडिरहेका छन्, अलिकति भएपनि खुशी बाँडिरहेका छन् ।
जो रातदिन नभनी अक्सिजनका लागि उद्योगमा खटिरहेका छन्। र अलिकति अक्सिजनसँगै सास बाँडिरहेका छन्। बिरामी र आफन्तमा बाँच्ने आश बढिरहेको छ।



कागजपत्र |
