तीन बालक मृत्यु प्रकरणः भिसेरा परीक्षणका लागि काठमाडौं पठाइयो, के हो भिसेरा?


दाङ – तुलसीपुरमा मृत फेला परेका तीन बालकका परिवारले अझैसम्म पनि शव बुझ्न मानेका छैनन्। पीडित परिवारले सत्यतथ्य छानविन नहुँदासम्म नबुझ्ने अडान राखेका छन्।

शव गलिसकेकाले पनि अनुसन्धानमा थप जटिलता आएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिव बहादुर सिंहले बताए।

पोष्टमार्टम रिपोर्ट अनुसार चोटपटक देखिएको छैन। त्यसपछि आफन्त झन आक्रोशित बन्दै आएका छन। उनीहरुले सत्यतथ्य छानविनका साथै उचित क्षतिपूर्तिको माग गरेका छन्।

यस अघि पीडितसँग भएको छलफलमा उनीहरुले यस्तो माग राख्दै आएका थिए।

पोष्टमार्टम रिपोर्टमा चित्त नबुझेपछि अब भिसेरा परीक्षण हुनेछ। त्यसकालागि आवश्यक कुराहरु काठमाडौं पठाइसकिएको डिएसपी सिंहले बताए।

त्यसको रिपोर्ट आउन अझैं केही समय लाग्ने प्रहरीको भनाइ छ। मृतकको शरीरमा केही नशालु पदार्थ वा विष छ कि भनेर पत्ता लगाउन भिसेरा टेस्ट गरिन्छ।

यसको लागि मृतकको पाचन तन्त्र, मष्तिस्क, किड्नी, कलेजोलगायतका अंगको केहि हिस्सासहित रगत र पिसाब जम्मा गरिन्छ। यी अङ्गहरु ल्याबमा पठाइन्छ र मृतकको शरीरमा केही नशालु पदार्थ वा विष छ कि भनेर जाँच गरिन्छ।

गत माघ १ देखि पार्किङ गरिराखेको भारतीय नम्बर प्लेटको आरजे सीसी ०८८५ नम्बरको गाडीमा वैशाख १७ गते तुलसीपुर उपमहानगरपालिका –६ गाइडहर बस्ने भीमबहादुर परियारका १० बर्षीय छोरा सन्देश परियार, सन्तोष परियारका ७ बर्षीय छोरा सुवर्ण परियार र किरण परियारका ७ बर्षीय छोरा करण परियार मृत भेटिएका थिए।

यो पनि पढ्नुहोस्…

कारमा मृत भेटिएका बालकका अभिभावकले अझै शव बुझेनन्

चार दिनदेखि कारभित्र मृत भेटिएका ३ बालकको शव अस्पतालमा

‘शरीरमा चोट छैन्, गाडीमा निसास्सिएर मृत्यु भएको वा हत्या गरेको भन्ने खुलेन’

लक गरेको कारभित्र कसरी छिरे बच्चा? प्रहरी भन्छ, ‘यो शंकास्पद छ’

तुलसीपुरमा ३ बालक मृत्यु प्रकरणः प्रहरीले कारधनी र चालकविरुद्ध ज्यान मुद्दा चलायो

दाङमा मृतक भेटिएका ३ बालकको पहिचान, २ जना पक्राउ

दाङमा पार्किङ गरिराखेको भारतीय कारमा भेटियो तीन बालकको शव, प्रहरी प्रमुख घटनास्थलमा

प्रतिक्रिया