
कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै
काठमाडौं – प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्। आज दिउँसो १ बजे बैठक बस्नेछ।
सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेले सभामुख सापकोटाले कार्यव्यवस्था परामर्श समिति बैठक राखेको जानकारी दिए। बैठक संघीय संसद भवन नयाँ वानेश्वरमा बस्ने तय भएको छ।
सोमबार प्रतिनिधि सभा बैठक बस्न लागेको छ। उक्त बैठक तयारीका लागि कार्यव्यवस्था परामर्श समिति बैठक बोलाइएको हो।
परामर्श समिति बैठकमा २६ जना सांसद कोरोना संक्रमित भएकोले प्रतिनिधि सभा बैठकमा कसरी सहभागी गराउने भन्नेबारे पनि छलफल हुनेछ।



कागजपत्र |
