करिश्मा मानन्धर आक्रोशित, भनिन्– छोरीको अपमान सहन सक्दिन्


काठमाडौं– अभिनेत्री करिश्मा मानन्धरले आफ्नी छोरी कविताको शरीरलाई लिएर सामाजिक सञ्जालमा आएका टिप्पणीप्रति आक्रोश व्यक्त गरेकी छन्। सामाजिक सञ्जालमा लामो स्ट्याटस पोष्ट गर्दै उनले यस्तो गतिविधि प्रति कानुनी कारबाहीको चेतावनी समेत दिएकी छन्।

करिश्माले लेखेकी छन्, “मेरो छोरीमाथि बारम्बार बडी–सेमिङका टिप्पणीहरू गरिन्छ। उसको अवस्था के छ? उसले के भोगिरहेकी छ? यी कुरा नबुझी कसरी कसैले उसको शरीर, स्वरूप वा अस्तित्वमाथि प्रश्न उठाउन सक्छ?”

उनले थपेकी छन्, “मेरो छोरीसँग मेरो तुलना गर्न नहुने कुरा किन बुझ्दैनन्? आफ्नो सन्तानप्रति सचेत हुनु अपराध हो? आफ्नो परिवारप्रति सचेत रहनु अपराध हो?”

करिश्माले आफ्नो सहनशीलताको सीमा तोक्दै, यस्ता गतिविधिले आफू र परिवारलाई मानसिक क्षति पुर्याए कानुनी बाटो अपनाउने चेतावनी दिएकी छन्।

प्रतिक्रिया