
कांग्रेसको प्राथमिकता निर्वाचन नै हो : देउवा
काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी फागुन २१ गते हुने निर्वाचनमा आफ्नो पार्टी सहभागी हुने तयारीमा जुटिसकेको बताएका छन्।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसँग आज आफ्नै निवासमा भएको भेटका क्रममा सभापति देउवाले निर्वाचनमा भाग लिने निर्णय कांग्रेसले गरिसकेको र पार्टीको प्रमुख प्राथमिकतामै निर्वाचन रहेको स्पष्ट पारेका हुन्।
भेटका क्रममा सभापति देउवाले स्वतन्त्र र निष्पक्ष रूपमा निर्वाचन सम्पन्न गर्न सरकारले आवश्यक र अनुकूल वातावरण तयार गर्नुपर्ने सुझाव पनि दिएका छन्। राजनीतिक संवाद समितिका सदस्यसमेत रहेका मन्त्री खरेलले देउवाको भनाइ उद्धृत गर्दै यस्तो जानकारी दिएका हुन्।



कागजपत्र |
