
प्रचण्ड र सञ्चारमन्त्री खरेलबीच भेटवार्ता
काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक प्रचण्ड र सञ्चारमन्त्री जगदीश खरेलबीच भेटवार्ता भएको छ ।
खरेल प्रचण्डलाई भेट्न शुक्रबार उनकै निवास पुगेका हुन् ।
भेटमा आगामी फागुन २१ गते तय भएको निर्वाचनका साथसाथै समसामयिक विषयमा छलफल भएको बताइएको छ ।
आजै सञ्चारमन्त्रीले कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेट गरेका थिए ।



कागजपत्र |
